News Portal

  • २२.९२ प्रतिशत बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, लाभांश क्षमता २२.९५ प्रतिशत

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०८२
    १२ पटक
    २० कार्तिक, २०८२

    काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २२.९२ प्रतिशत बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

    चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत बढेर ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेर ९० करोड ७६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत बढेर ५ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ, सञ्चालन नाफा १०.४४ प्रतिशत बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ रहेको छ ।

    ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ४५ करोड २३ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ५.७४ प्रतिशत बढेर ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख रुपैयाँ र कर्जा लगानी २.७२ प्रतिशत बढेर ४ खर्ब २१ अर्ब २५ करोड २० लाख रुपैयाँ प्रवाह गरेको छ ।

    यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ । उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश क्षमता २२.९५ प्रतिशत रहेको छ ।

    बैंकको प्रतिसेयर आम्दानी २.७७ रुपैयाँ बढेर १९.५१ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ ।

    गत वर्षको असोजमा ४.६७ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ४.९८ प्रतिशत पुगेको छ ।

    प्रतिकृया दिनुहोस्