News Portal

  • सिभिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश

    आर्थीकसंसार संवाददाता२८ पौष, २०७७
    १११९ पटक
    २८ पौष, २०७७

    काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो दुई वर्षयताकै उच्च लाभांशदर हो ।
    पुस २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कूल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड रुपैयाँ नाघ्ने छ ।
    उक्त प्रस्तावित लाभांश गत दुई वर्षयताकै उच्च लाभांशदर हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट ६.५७ प्रतिशत लाभांश (नगद मात्रै) वितरण गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४.०५ प्रतिशत लाभांश (नगद मात्रै) वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ को नाफाबाट भने सेयरधनीले १०.७९ प्रतिशत लाभांश पाएका थिए ।

    प्रतिकृया दिनुहोस्