News Portal

  • एक्सेल डेभलपमेन्ट बैंकद्वारा कृष्णद्वैपायन गुरुकुललाई फोटोकपी मेसिन प्रदान

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०८२
    ७ पटक
    २० कार्तिक, २०८२

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा भद्रपुर–६, तेलीभिट्टा, झापास्थित श्री कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रमका विद्यार्थीहरुको शैक्षिक विकासको लागि एक थान रंगीन फोटोकपी मेसिन हस्तान्तरण गरेको छ ।

    बैंकका बजार व्यवस्थापन अधिकृत गजेन्द्र ढकालले संस्थाका व्यवस्थापन समितिका अध्यक्ष शान्ता बराललाई एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

    सो कार्यक्रममा बैंकका चन्द्रगढी शाखाका कर्मचारी सोनाम वाङ्ग्चुक शेर्पालगायत बैंकका कर्मचारी तथा विद्यालय समितिका अन्य उच्च पदाधिकारी, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    यस कार्यक्रममा संस्थाकी अध्यक्ष शान्ता बरालले बैंकले गरेको कार्यले विद्यार्थीको सिकाइ क्रियाकलापमा अझ बढी योगदान पुर्याउने भएकोले उक्त सहयोगको लागि बैकंलाई धन्यवाद ज्ञापन गरे ।

    बैंकका तर्फबाट गजेन्द्र ढकालले बैंकको यस्तो सहकार्यले शिक्षकहरूलाई शिक्षण प्रक्रिया सुदृढ बनाउन मद्दत गर्ने र स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको साथै बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू निरन्तर गर्दै, समाजको शैक्षिक, आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने दृढ प्रतिबद्धता व्यक्त गर्ने कुरा बताए ।

    कोशी प्रदेश कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ५० हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

    हाल ८ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकले थप शाखाहरु विस्तार गरेर आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत सेवा प्रदान गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्