पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १ (एक) प्रतिशतका दरले हुन आउने रकम ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश वापत (वोनस सेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँं बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव समेत सभाले पारित गरेको हो ।
हाल संस्थाको चुक्ता पुँजी ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस पश्चात लघुवित्तको चुक्ता पुँजी ५३ करोड ९८ लाख रुपैयाँ पुग्ने छ ।
सोमबार संस्थाका सञ्चालक समिति अध्यक्ष सजिव सुब्वाको सभापतित्व तथा नेपाल राष्ट्र बैकका प्रदेश प्रमुख ईश्वरीप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
कम्पनी सचिव गोविन्द बाँस्तोलाले सञ्चालन गरेको सभामा एनएमबि बैंकको तर्फवाट प्रतिनिधित्व गरेका सञ्चालक गोविन्द घिमिरेले समेत सेयरधनी समक्ष आफ्नो धारण राखेका थिए ।
एनएमबि लघुवित्तको २० प्रतिशत लाभांश पारित
आर्थीकसंसार संवाददाता२८ पौष, २०७७
२८ पौष, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान