News Portal

  • नाम दर्ता परीक्षामा असफल हुँदै नर्स पिसिएल नर्सिङमा १७ प्रतिशतमात्र पास

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०८२
    ९ पटक
    १९ कार्तिक, २०८२

    काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिएको नाम दर्ता परीक्षामा १७.४४ प्रतिशत नर्समात्र उत्तीर्ण भएका छन् । कात्तिक १६ गतेदेखि १८ सम्म लिएको परीक्षामा ६ सय २ पिसिएल नर्सिङ मध्ये १ सय  ५ जनामात्र उतिर्ण भएका छन् ।

    नर्सिङ परीक्षाका लागि ६ सय ४५ जनाले फारम भरेका थिए । यस्तै बीएस्सी नर्सिङ तर्फ ४५.७१ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षाका बेला २ सय १० जना मध्ये ९६ जना मात्रै पास भएका छन् । बीएस्सी नर्सिङमा  २ सय १७ जनाले फारम भरेका थिए ।

    विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा भने ५६.१८ प्रतिशत पास भएका नेपाल नर्सिङ परिषदले जनाएको छ ।  परीक्षामा ८९ जना सहभागी मध्ये ५० जना मात्रै पास भएका छन् । बीएमएस (व्याचलर अफ मिडवाइफ्री)मा भने परीक्षामा सहभागी २७ जना नै उत्तीर्ण भएका हुन् ।

    प्रतिकृया दिनुहोस्