News Portal

  • सिद्धार्थ र सिटिजन्स बैंकको मूल्य समायोजन, कतिमा खुल्नेछ कारोबार ?

    आर्थीकसंसार संवाददाता१७ कात्तिक, २०८२
    ११ पटक
    १७ कात्तिक, २०८२

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ बैंक र सिटिजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ सिद्धार्थ र सिटिजन्स बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो ।

    सिद्धार्थ र सिटिजन्स बैंकको ५/५ प्रतिशत बोनस सेयर समायोजन गरिएको हो । समायोजन पश्चात सिद्धार्थ बैंकको सेयर मूल्य ३४९.५२ रुपैयाँ र सिटिजन्स बैंकको २०२ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यमा आज सोमबार सेयर कारोबार खुल्नेछ ।

    नेप्सेले आइतबारको अन्तिम मूल्यका आधारमा यी दुई बैंकको सेयर मूल्य समायोजन गरेको हो । आइतबार सिद्धार्थको सेयर प्रतिकित्ता ३६७ रुपैयाँ र सिटिजन्सको २१२.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

    सिद्धार्थ बैंकले कात्तिक ३० गते काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ ।

    यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ । तर, हालसम्म बैंकले साधारण सभा आह्वान गरिसकेको छैन ।

    प्रतिकृया दिनुहोस्