News Portal

  • एभरेष्ट बैंकको सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता२७ पौष, २०७७
    ४४४ पटक
    २७ पौष, २०७७

    काठमाडौं । एभरेष्ट बैंकको १०.५३ प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।
    बैंकले प्रस्तावित बोनस सेयर जारी भएपश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत भएपश्चात संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नुपर्ने प्रस्ताव छलफल गरी पारित गरेको छ ।
    सभाले आगामी ४ वर्षका लागि सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक नविनभक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्