News Portal

  • फस्र्ट लघुवित्त वित्तीय संस्थाद्वारा १२ संस्थालाई सहयोग

    आर्थीकसंसार संवाददाता२७ पौष, २०७७
    ५५५ पटक
    २७ पौष, २०७७

    काठमाडौं । फस्र्ट लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा रहेर काम गर्ने विभिन्न प्रकृतिका १२ संस्थालाई डस्टबिन वितरण गरेको छ ।
    बैंकले पुस २४ गते आ–आफ्नो समुदाय वरपर फोहोरमैला संकलनका लागि सहयोग पुर्याउने उद्देश्यसहित डस्टबिन वितरण गरेको जनाएको छ । संस्थाको बाह्रौं वार्षिकोत्सव अवसरमा उक्त सहयोग प्रदान गरिएको हो ।
    संस्थाको ज्ञानेश्वरस्थित रजिस्टर्ड कार्यालय परिसरका सार्वजनिक स्थल कामनपा–३० को कार्यालय, नक्साल भगवती मन्दिर, आनन्द भैरव मन्दिर ज्ञानेश्वर, सानो गौचरन खेलमैदान, सशस्त्र प्रहरी शिक्षालय, टंगाल मावि, बाल मन्दिरलगायतका संस्थालाई ५० थान डस्टबिन वितरण गरिएको बताएको छ ।

    प्रतिकृया दिनुहोस्