News Portal

  • प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच छलफल

    आर्थीकसंसार संवाददाता८ कार्तिक, २०८२
    ९ पटक
    ८ कार्तिक, २०८२

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशको समग्र सुरक्षा अवस्थाबारे छलफल गरेकी छन् ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग वर्तमान सुरक्षा अवस्थाको मूल्याङ्कन गरेकी हुन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा हालको सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो । बैठक झण्डै दुई घण्टासम्म चल्यो ।

    सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो क्षेत्रको सुरक्षा अवस्था र जोखिमबारे जानकारी दिँदै आगामी दिनमा आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।

    प्रधानमन्त्री कार्कीले बैठकपछि सुरक्षामा कुनै कमजोरी नहोस् भनेर तत्काल आवश्यक निर्देशन दिएकी बताइएको छ ।

    प्रतिकृया दिनुहोस्