आर्थीकसंसार संवाददाता७ कार्तिक, २०८२
७ कार्तिक, २०८२काठमाडौं । सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ७ लाख १५ हजार ६३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
उक्त सेयर यसअघि बैंकका विद्यमान सेयरधनीहरूलाई बिक्रीमा राखेको थियो । तर, कुनै पनि सेयरधनीले आवेदन नदिएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
बैंकको उक्त सेयरमा योग्य इच्छुक जो कोही व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।




