काठमाडौं । सनराइज बैंकको थप नयाँ पाँच शाखारहित बैंकिङ्ग सेवा र कलंकी एक्सटेन्सन काउण्टरको सुरुवात भएको छ ।
सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ ।
शुक्रबार बैंकले व्यास नगरपालिका–१४ केशवटार तनहुँ, सुनवल नगरपालिका–७ अस्नैया नवलपरासी र गढी गाउँपालिका–२ भमरीबजार सुनसरीमा ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै शनिबार धुर्कोट गाउँपालिका–३ हाडहाडे गुल्मी र धुर्कोट गाउँपालिका–७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले उल्लेख गरेको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
साथै आज काठमाडौं कलंकीस्थित मालपोत कार्यालयमा बैंकको १२औं एक्सटेन्सन काउण्टरको शुभारम्भ गरेको छ । हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।
सनराइज बैंकको थप नयाँ पाँच शाखारहित बैंकिङ्ग सेवा सुरुवात
आर्थीकसंसार संवाददाता२७ पौष, २०७७
२७ पौष, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने