News Portal

  • सिद्धार्थ बैंकद्वारा ‘स्मार्ट टेलर’ योजना सञ्चालन

    आर्थीकसंसार संवाददाता२६ पौष, २०७७
    ८८७ पटक
    २६ पौष, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकले नयाँ सेवा ‘स्मार्ट टेलर’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
    यस सुविधा सञ्चालन पश्चात ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न तथा निकाल्न सक्नेछन् । जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बैंकिङ्ग सेवा अझ बढी सुविधाजनक हुनेछ ।
    ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्धार्थ बैंक स्मार्ट)बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक दश लाखसम्मको रकम निकाल्न सक्नेछन् ।
    बैंकले कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधा जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । र, आगामी दिनहरुमा पनि बंैकिङ्ग सेवालाई अझ बढी आधुनिकिकरण गर्दै जाने उद्देश्य बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्