Skip

News Portal

  • सानिमा बैंकका सेयरधनीलाई तिहार अघि नै लाभांश, २ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने

    आर्थीकसंसार संवाददाता११ असोज, २०८२
    ३१ पटक
    ११ असोज, २०८२

    काठमाडौं । सानिमा बैंकले तिहार अघि नै सेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने भएको छ । बैंकले तिहार अघि नै सेयरधनीहरूलाई लाभांश वितरण गर्ने गरी साधारण सभा बोलाएको छ ।

    बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा २१औँ वार्षिक साधारण सभा डाकेको हो ।

    बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार ७ सय रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

    यस्तै, संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही तोकिएको अन्य व्यवस्था तथा शर्तहरू सहित १ सय रुपैयाँ अंकित मूल्य दरले २ अर्ब रुपैयाँको ‘८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।​​​

    यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी सानिमा क्यापिटल र सानिमा सेक्युरिटिजको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरूको निर्वाचन गर्नेछ ।

    लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्