News Portal

  • उद्योग वाणिज्य संघ चितवनले कोरोना बीमाको म्याद थप

    आर्थीकसंसार संवाददाता३० साउन, २०७७
    ६६६ पटक
    ३० साउन, २०७७

    भरतपुर । उद्योग वाणिज्य संघ चितवनले आफ्ना सदस्यहरुलाई उपलब्ध गराउँदै आएको निःशुल्क कोरोना बीमा गर्ने म्याद थप गरेको छ । उद्योग वाणिज्य संघ चितवनको साउन ३० गतेको बैठकले आगामी असोज मसान्तसम्म संघको सदस्यता नवीकरण गर्ने सदस्यहरुलाई ५० हजार रुपैयाँ बराबरको निःशुल्क कोरोना बीमा गरिदिने निर्णय गरेको संघका अध्यक्ष राजु श्रेष्ठले बताए ।
    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तीव्रगतिमा बढ्दै गएको र व्यवसायी सदस्य यसको जोखिममा रहेकाले यसको म्याद थपिएको संघका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिस पन्तले जानकारी दिए । संघमा आवद्ध करिब ५ हजार सदस्यहरुको नै निःशुल्क बीमा गरिदिने कार्यक्रम बमोजिम असौज मसान्तसम्मको म्याद थप गरिएको पन्तले जानकारी दिए ।
    उद्योग वाणिज्य संघ चितवनले सो योजना गत असार महिनादेखि लागु गरेको र एक जना व्यवसायीलाई कोरोना संक्रमणको पुष्टि भइसकेकाले बीमा रकम उपलब्ध गराउन लागिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए ।
    साथै, संघले आज एक सूचना जारी गरी विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम एक हप्ताको लागि भरतपुर महानगरपालिकामा लकडाउन लागू गर्ने भएकोले उद्योग व्यवसाय बन्द गरी आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित रहनका लागि नेपाल सरकारद्वारा लागू गरेका स्वास्थ्य तथा सुरक्षाका उपायहरु अवलम्बन गर्न अनुरोध गरेको छ ।
    संघमा आवद्ध सदस्यहरुलाई सचेत गराउनका लागि संघले विभिन्न सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको समेत संघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्