News Portal

  • नबिल इन्भेष्टमेन्टका आजिवन नवीकरण गर्नु नपर्ने डिम्याट खाता योजना

    आर्थीकसंसार संवाददाता२६ पौष, २०७७
    ११२७ पटक
    २६ पौष, २०७७

    काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नेपालमा पहिलोपटक आजिवन डिम्याट खाता योजना ल्याएको छ । कम्पनीले पुस २६ गतेदेखि लागु हुने गरी यो योजना ल्याएको जनाएको छ
    यस योजनाअनुसार नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकैपटक तीन हजार रुपैयाँ भुक्तानी गरेपछि उक्त खाता आजीवन नबीकरण गर्नुपर्ने छैन ।
    योजनामा हाल कायम खातावालाहरुले पनि सहभागिता जनाउन सक्ने तर हाल कायम खातावालाहरुले यस्तो योजनामा सहभागिता जनाउन चाहेमा आफ्नो पुरानो भुक्तानी गर्न बाँकी नबीकरण वापतको शुल्क भुक्तानी गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
    कम्पनीका अनुसार यस योजनामा डिम्याट खाताको नवीकरण र मेरो शेयर खाताको नवीकरणसमेत समावेश छ । यस सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नवीकरण गर्न असमर्थ भएका लगानीकर्ताहरुले एकैपटक एकमुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नवीकरणको झन्झटबाट मुक्त भई फाईदा लिन सक्ने बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्