Skip

News Portal

  • झापा इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए सेयर ?

    आर्थीकसंसार संवाददाता८ असोज, २०८२
    ३६ पटक
    ८ असोज, २०८२

    काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार सर्वसाधारणका लागि निष्कासन गरिएको सेयरको बाँडफाँड गरिएको हो ।

    कम्पनीले भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । उक्त अवधिमा १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ता सेयरका लागि आवेदन परेको थियो ।

    हिमालयन क्यापिटलका अनुसार तीमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन सदर भएका छन् भने ३४ हजार ४०३ आवेदन बदर भएका छन् । सदर आवेदनमार्फत १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता सेयरको माग भएको थियो ।

    बाँडफाँड प्रक्रियाअनुसार कुल ४७ हजार ३३९ आवेदकले सेयर प्राप्त गरेका छन् । तीमध्ये ४७ हजार ३३३ जनाले १० कित्ताका दरले ४ लाख ७३ हजार ३३० कित्ता र बाँकी ६ जनाले प्रत्येक १ कित्ताका दरले थप ६ कित्ता सेयर प्राप्त गरेका छन् ।

    कम्पनीको आईपीओको परिणाम हेर्नका लागि लगानीकर्ताले विभिन्न माध्यम प्रयोग गर्न सक्नेछन् । जसअन्तर्गत धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको वेबसाइटमा गई नतिजा हेर्न सकिन्छ । त्यस्तै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको आईपीओ रिजल्ट पोर्टल मार्फत पनि नतिजा हेर्न सकिनेछ ।

    यसबाहेक लगानीकर्ताले मेरो सेयर खातामा लगइन गरी पनि नतिजा जाँच्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि आवेदकले आफ्नो डीपी आईडी र अन्य विवरणहरू प्रविष्ट गर्नुपर्ने हुन्छ ।

    प्रतिकृया दिनुहोस्