News Portal

  • लुम्बिनी विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ पौष, २०७७
    ४९४ पटक
    २६ पौष, २०७७

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आज आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आ.ब. २०७६/७७ को बार्षिक प्रतिबेदन, आ.व.२०७७/७८ को लागि लेखा परीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको छ । आ.व. २०७६/७७ सम्मको नाफाबाट शेयरधनी महानुभावहरुलाई ३ प्रतिशत नगद लाभांश (कर सहित) र ७ प्रतिशत बोनस शेयर सहित कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
    बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १३औं वार्षिक साधारणसभामा बैंकले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनी महानुभावहरुलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.ब. २०७६/७७ को बार्षिक प्रतिवेदनउपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुखकार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पार्नु भएको थियो । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’भन्ने नाराका साथ देशभर सातै प्रदेशमा अवस्थित ६९ शाखा कार्यालयहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ६४ हजार ग्राहक महानुभावहरुलाई उच्चस्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क डेविट/एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको कुरा प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्