News Portal

  • जेनजी आन्दोलनको अनुसन्धान गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन

    आर्थीकसंसार संवाददाता५ असोज, २०८२
    २१ पटक
    ५ असोज, २०८२

    काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो ।

    मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन विद् विश्वेश्वरप्रसाद भण्डारी छन् ।

    गत सोमबार बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । कार्की नेतृत्वको आयोगलाई तीन महिनाको समय दिइएको छ ।

    प्रतिकृया दिनुहोस्