News Portal

  • आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा मनिषा कोइराला नियुक्त

    आर्थीकसंसार संवाददाता२४ पौष, २०७७
    ५८४ पटक
    २४ पौष, २०७७

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् । कम्पनीले नायिका कोइरालालाई एक कार्यक्रममार्फत आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको हो ।
    कोइरालाको सहकार्यले कम्पनीको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए ।
    नायिका कोइरालाले आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ठ भूमिका निर्वाह गर्ने बताइन् ।

    प्रतिकृया दिनुहोस्