आर्थीकसंसार संवाददाता२ असोज, २०८२
२ असोज, २०८२काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल –२ शाखालाई स्थानान्तरण गरी एनएल कम्प्लेक्स काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटार काठमाडौंंबाट आज असोज २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरे ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम ८,००० भन्दा बढी पीओएस र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।




