News Portal

  • महान्यायाधिवक्ता भण्डारीले लिइन् शपथ

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८२
    ८ पटक
    ३० भदौ, २०८२

    काठमाडौं । महान्यायधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सोमबार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराएका हुन् ।

    शपथग्रहण कार्यक्रममा न्यायाधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति थियो ।

    प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस सिफारिस गरेकी थिइन् ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले भण्डारीलाई नियुक्त गरेका थिए ।

    भण्डारी नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता हुन् । उनले यसभन्दा अगाडि राष्ट्रिय सूचना आयोगको आयुक्तको रूपमा काम गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्