News Portal

  • जनमतबाट हुने परीक्षण नै अबको विकल्प बन्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८२
    ७ पटक
    ३० भदौ, २०८२

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सडक छोडेर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।

    उनले विकासन्यूजसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनका अनुसार जति छिटो निर्वाचनतर्फ लागियो त्यति छिटो देश राज्यविहीनताबाट बाहिर निस्कन्छ ।

    उपाध्यक्ष पाण्डेले चुनावको पक्षमा उभिन ढिलो गर्न नहुनेमा जोड दिएका छन् । अब प्रतिनिधिसभा पुनःस्थापना सम्भव नभएकोले पाण्डेले सम्पूर्ण एमाले पङ्तिसहित देशलाई नै निर्वाचनतर्फ अग्रसर हुन आह्वान गरेका छन् ।

    ‘अहिले हिजो राजा ज्ञानेन्द्र कालमा भएकोजस्तो जनअधिकार हनन नभएकोले प्रतिनिधि सभा पुनःस्थापनाको मागको औचित्य छैन,’ विकासन्युजसँग कुरा गर्दै पाण्डेले भने, ‘सडक संर्घषको धङ्गधङ्गिबाट छिटो निस्किएर निर्वाचनको तयारीमा लाग्नु नै अहिले देश र पार्टी दुवैका लागि हितकर छ ।’

    सुशीला कार्कीको सरकारको गठन नै निर्वाचन प्रयोजनको सरकार भएकोले अबको छ महिनापछि देशले नयाँ जनमत प्राप्त गर्ने पाण्डेले बताए ।

    एमालेको दवाव तोकिएको समयमा निष्पक्ष निर्वाचनको दिशामा अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव गराउने हो,’ पाण्डेले भने, ‘सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश गर्नुपर्छ ।’

    प्रतिकृया दिनुहोस्