News Portal

  • सिद्धार्थ बैंकका ग्राहकलाई वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८२
    ५ पटक
    ३० भदौ, २०८२

    काठमाडौं । सिद्धार्थ बैंक र वाटरफ्रन्ट रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।

    सम्झौता अनुसार पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने छन् ।

    बैंकले यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ जान उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ ।

    यस सेवाबारे थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्