News Portal

  • हेमबहादुर मल्ल सम्मान–२०७५ पुरस्कार घोषणा कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ पौष, २०७७
    १७३७ पटक
    २४ पौष, २०७७

    काठमाडौं । प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक वीचको पारस्परिक पेशागत सम्वन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याकंनमा व्यवसायिक पृष्ठपोषण गर्ने उद्धेश्यले वि.सं. २०४७ सालमा नेपाल जनप्रशासन संघको स्थापना भएको हो । गैरनाफामुखी पेशागत संघको रुपमा स्थापित यस संघले विगतमा जनप्रशासनका विभिन्न विधाहरुमा छलफल, अन्तरक्रिया, गोष्ठी, प्रशिक्षण तथा राष्ट्रिय सम्मान जस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको र त्यस्ता कार्यक्रमवाट प्राप्त सुझावहरु नेपाल सरकार एवं सम्वन्धित निकायहरुमा समय समयमा पठाई सहयोग पुर्याउँदै आएको छ ।
    यस संघले साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनिय योगदान पुर्याउने महानुभावलाई सम्मान गर्न ख्याती प्राप्त प्र्रशासक एवं व्यवस्थापक स्व. हेमवहादुर मल्लको सम्मानमा सम्मानस्वरुप रु २ लाख राशी र सम्मानपत्र सहित हेमवहादुर मल्ल सम्मान (पुरस्कार) स्थापना गरेको छ । यस नेपाल जनप्रशासन संघले २०७५ सालका लागि उत्कृष्ट व्यक्तित्व छनौट गरी पुरस्कार प्रदान गर्ने जिम्मेवारी पूर्बमन्त्री माधव पौडेलको संयोजकत्वमा पानका अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिंग कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मान्नधर, पूर्बसचिब पुण्यप्रसाद न्यौपाने र पूर्बसचिव जीवनप्रभा लामा सदस्य रहेको ५ सदस्यीय उच्चस्तरिय छनौट समितिलाई प्रदान गरेको थियो । यसअनुरुप उच्चस्तरीय छनौट समितिले राज्यको उच्च ओहदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमाराष्ट्रको छवि उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेको जस्तो उल्लेखनीय कार्य गरेवापत हेमवहादुर मल्ल सम्मान, २०७५ का लागि डा. गौरीशंकर लाल दासलाई सर्वाधिक योग्य ठहर गरेको छ ।
    माता भवानी देवी र पिता जनार्दन लाल दासको ज्येष्ठ सुपुत्रका रूपमा बि.स. १९८२ साल असोज १० गते सिराहाको ईनरुवामा जन्मनु भएका वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशंकर लाल दास हाल ९६ वर्षको उमेरमा सामाजिक अभियन्ताको क्षेत्रका एक नक्षत्रको रूपमा चिनिनुहुन्छ । भारतको पटना विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा विएससी र एमबिविएस गरी सन् १९५६ मा ध्भकिज ल्बतष्यलब िक्अजयय िया ःभमष्अष्लभ बाट त्म्म् ९त्गदभचअगबिच म्ष्कभबकभक म्ष्उयिmब० र सन् १९५७ मा लण्डनबाट म्त्ःज् ९म्ष्उयिmब ष्ल त्चयउष्अब िःभमष्अष्लभ बलम ज्थनष्भलभ० जस्ता विषयगत विधाको शैक्षिक डिग्री हासिल गर्नुभयो ।
    वि.स. २००९ साल देखि बीर अस्पतालको रेजिडेन्ट मेडिकल अफिसरको रूपमा आफ्नो स्वास्थ्य सेवा आरम्भ गर्नुभएका डा. दास वि.स. २०२४ सालमा स्वास्थ्य सेवा विभागको निर्देशक हुँदै स्वास्थ्य मन्त्रालयको प्रमुख योजना अधिकृत हुनुभयो । डा. दासले सन् १९७५(१९९० को दीर्घकालीन प्रथम स्वास्थ्य सेवा योजना तर्जुमा र विश्व स्वास्थ्य संगठनमा आबद्ध रहि माल्दिभ्सको पहिलो स्वास्थ्य सेवा योजना तर्जुमा गर्नुलाई वहाको उपलब्धी मानिन्छ ।
    उहां बि.स.२०३५ देखि २०४७ सालसम्म लोक सेवा आयोगको र बि.सं २०५७ देखि २०६२ सम्म राष्ट्रिय मानव अधिकार आयोगको मा. सदस्य हुनुभयो ।गोरखा दक्षिण वाहु जस्ता विभिन्न उल्लेखनीय मानपदवी र सम्मानबाट बिभूषित डा. दास नेपाल रेडक्रस सोसाईटी, कुष्ठरोग निवारण संस्था, नेपाल दृष्टिबिहिन कल्याण संघ, विपि आई फाउण्डेशन, टिबी एवं छातीरोग विशेषज्ञ चिकित्सकहरुको संघ, नेपाल क्षयरोग निबारण संघ, नेपाल मेडिकल संघ, परिवार नियोजन संघ, नेपाल भारत मैत्री संघ, रुद्रराज साहित्य सेवा समिति लगायत दर्जनौं संघ संस्थाहरूको उहां संस्थापक, अध्यक्ष, पदाधिकारी, सल्लाहकारको जिम्मेवारीमा रहेर सक्रिय हुनुहुन्छ ।
    पछिल्लो समय डा. दास नेपालका ज्येष्ठ नागरिकको विषयलाई हरेक तह र तप्कामा वकालत गर्ने, सामाजिक मार्गदर्शन एवं पारिवारिक समन्वयकर्ताको रुपमा सर्वपरिचित हुनुहुन्छ । उहांले ज्येष्ठ नागरिकहरूको हक–अधिकारको लागि परिवारका सदस्य तथा नागरिकहरू स्वयं सेवामा जुट्नु पर्दछ भन्ने मूल उद्देश्य सहित ज्येष्ठ नागरिकहरूको संरक्षण, सम्बद्र्धन र सशक्तीकरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरूमा बौद्धिक तथा कार्यगत चिन्तन प्रस्तुत गर्दै आउनु भएको छ । डा. दास वि.स. २०४८ सालमा स्थापित प्रौढ कल्याण संघ नेपालबाट ज्येष्ठ नागरिकको अभियन्ताको यात्रा शुरु गर्नु भई राष्ट्रिय ज्येष्ठ नागरिक संस्था संजाल हुँदै हालको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको संस्थापकहरू मध्येको एक हस्ती हुनुुहुन्छ ।ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील र कर्तव्यनिष्ठ भई लागी पर्नु भएको उहां हाल यस महासंघ र अल्जाईमर विस्मृत समाज नेपालको निर्वतमान अध्यक्ष र वि.पि. आई फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ ।
    यसरी डा. गौरीशंकर लाल दास बहुमुखी प्रतिभाका धनी, समाजसेवी, सदाचारी, उच्चमनोवल भएको सच्चा नेपालको सपुत हुनुहुन्छ । यस्ता विशिष्ट प्रतिभालाई २०७५ सालको रु दुई लाख धनराशीको हेमबहादुर मल्ल सम्मान पुरस्कार अर्पण गर्न पाउदा नेपाल जनप्रशासन संघले गौरवको अनुभूति गरेको छ । उहांलाई निकट भविष्यमा सार्बजनिक समारोहको आयोजना गरी सम्मान प्रदान गरिनेछ । यस पूर्ब हेमबहादुर सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा. बिमल कोईराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देबेन्द्रराज पाण्डे, कुलमान घिसिंग र डा. सन्दुक रुईतसम्मानीत भैसक्नु भएको छ । डा. दास यो सम्मान पाउने सोह्रौ व्यक्ति हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस्