News Portal

  • जेनजी आन्दोलनपछि​​​​​​​ बैंकका सीईओ र उद्योगी व्यवसायीसँग गभर्नरको भेट

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०८२
    १० पटक
    २७ भदौ, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् । जेनजी आन्दोलनपश्चात के कति क्षति भयो र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर डा.पौडेलले बैंकर र उद्योगी व्यवसायीहरूसँग छलफल गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार गभर्नर पौडेलले नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् ।

    ‘वर्तमान परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सामान्य छलफल भएको हो । साथै भेटमा के कस्तो समस्या भयो र कति क्षति भएको छ भन्ने विषयमा गभर्नरले जानकारी लिनु भयो,’ प्रवक्ता  न्यौपानेले भने ।

    उनका अनुसार धेरै लामो छलफल भएको छैन । छोटो भेट गरेर वर्तमान विषयमा जानकारी लिने काम मात्रै हो ।

    प्रतिकृया दिनुहोस्