News Portal

  • क्षतिग्रस्त संरचना सञ्चालन गर्न कामना सेवा विकास बैंकको सहयोग

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०८२
    १० पटक
    २७ भदौ, २०८२

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३० लाई कार्यालय सञ्चालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ ।

    जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पूर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएको थियो ।

    कामना सेवा विकास बैंकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई उक्त फर्निचरहरु हस्तान्तरण गरिन् ।

    उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले आन्दोलनका क्रममा क्षति पुगेका संरचनामा सहयोग गरि कार्यालय सञ्चालन गर्न सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै अन्य सरोकारवालाहरुलाई पनि पुनःनिर्माणमा जुट्न आह्वान गरे ।

    बैंकले आन्दोलनका क्रममा कार्यालयका उपकरण सहित सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, कास्कीलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।

    कार्यालय पूर्ण रूपमा जलेर नष्ट भई कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा रहेकोमा तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरिबहादुर बस्नेतलाई हस्तान्तरण गरे ।

    बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरू पुनःनिर्माण, मर्मत सम्भार तथा आवश्यक सामाग्री हस्तान्तरण गर्न थालेको छ ।

    प्रतिकृया दिनुहोस्