आर्थीकसंसार संवाददाता२६ भदौ, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न विषम परिस्थितिको संवैधानिक समाधान खोज्न निरन्तर प्रयासरत रहेको जानकारी दिएका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै उनले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने विषयमा विभिन्न पक्षसँग विचार–विमर्श भइरहेको र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम राख्न हरसम्भव प्रयास भइरहेको बताए ।
राष्ट्रपतिले आन्दोलनकारी नागरिकहरूको जायज माग सम्बोधन गर्न छिटोभन्दा छिटो समाधान खोज्ने प्रक्रिया अघि बढेको भन्दै सबैलाई संयमित रहन र शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न आह्वान गरे ।