News Portal

  • रिलायन्स लाइफको आइपिओ निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता३० साउन, २०७७
    ६९२ पटक
    ३० साउन, २०७७

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र ४ गते सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ ।
    कम्पनीले ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि असार ९ गते मंगलबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियो । कम्पनीले ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
    लगानीर्ताहरुले यस आइपिओमा छिटोमा भदौ ८ गतेसम्म र ढिलोमा भदौ २२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
    कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । त्यसैगरी, कम्पनीले निष्काशन गर्न लागेको उक्त आइपिओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
    त्यसैगरी, लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्