News Portal

  • प्रधानमन्त्री पदबाट केपी ओलीले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०८२
    १२ पटक
    २४ भदौ, २०८२

    काठमाडौं । यूवा विद्यार्थीहरूको आन्दोलनले देशव्यापीरूप लिंदै नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका छन्।

    ओलीले मंगलबार दिउँसो संविधानको धारा ७७(१) राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष राजीनामा दिएका हुन्।

    मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाइ मध्यनजर गर्दै राजीनामा पेश गरेको ओलीले राजीनामा पत्रमा लेखका छन् ।

    सोमबारदेखि देशव्यापीरूपमा शुरू भएको आन्दोलनका क्रममा कम्तीमा १९ जना यूवाको ज्यान गएपछि मंगलबार देशैभर प्रदर्शन चर्किएको छ। यूवा आन्दोलनकारीले सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेको अधिकांश पार्टी कार्यालयमा आगजनी गरेका छन्।

    साथै प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्रीद्वय शेयर बहादुर देउवा, पुष्प कमल दाहाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ, काँग्रेस नेता रमेश लेखक, गगन थापालगायतको निजी निवासमा समेत आगजनी गरिदिएका छन्।

    प्रतिकृया दिनुहोस्