आर्थीकसंसार संवाददाता२३ भदौ, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकले हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउने र मुलुकमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।