News Portal

  • एभरेष्ट बैंकको सीईओमा दोहोरिए सुदेश खालिङ

    आर्थीकसंसार संवाददाता२२ भदौ, २०८२
    ३७६ पटक
    २२ भदौ, २०८२

    काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ राई दोहोरिएका छन्।

    बैंक सञ्चालक समितिको आज बसेको बैठकले बैंकको सीईओमा पुनः खालिङलाई दोस्रो कार्यकालका लागि दोहोराउने निर्णय गरेको हो। उनको दोस्रो कार्यकालको नियुक्ति आउँदो असोज ८ गतेबाट लागू हुनेछ।

    पुनः नियुक्तिपछि खालिङले असोज ८ गतेदेखि कार्यभार सम्हाल्ने बैंकका कम्पनी सचिव सुरेश चापागाईंले जानकारी दिए।

    खालिङ एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ हुन्। २०७८ असोज ८ गते उनले एभरेष्ट बैंकको सीईओको जिम्मेवारी पाएका थिए।

    प्रतिकृया दिनुहोस्