आर्थीकसंसार संवाददाता२२ भदौ, २०८२

काठमाडौ. । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकको आज आइतबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा वसेको संचालक समितिको बैठकबाट उक्त लाभांश वितरण गर्ने र्णिय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन् । यो संगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ ।
गत वर्ष बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।