आर्थीकसंसार संवाददाता२४ पौष, २०७७
२४ पौष, २०७७काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले धुम्बाराहीको होटल अकामाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । शुक्रबार बैंक र होटलबीच सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सो सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै सञ्चालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् ।