News Portal

  • राबा बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल नम्रता श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता२४ पौष, २०७७
    ८७८ पटक
    २४ पौष, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई आफ्नो ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । बैैंकले श्रेष्ठलाई शुक्रबार एक कार्यक्रममार्फत ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो ।
    राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए ।
    सो कार्यक्रममा मिस नेपाल वल्र्ड–२०२० श्रेष्ठले आपूm सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन ईश्वर उप्रेतीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्