
काठमाडौं । दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा भदौ १८ गते प्रभु बैंकतर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टतर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा विपणन कॉर्पोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवासहितका शाखामार्फत प्रभु बैंकका ग्राहक र कर्मचारीले ल्यान्डमार्क होटेल तथा रिसोर्टका सेवा–सुविधा विशेष छुटसहित प्राप्त गर्न सक्नेछन् ।
सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले होटेल तथा रिसोर्टको सेवा लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य इलेक्ट्रोनिक भुक्तानी प्रणाली प्रयोग गर्नुपर्नेछ । यसमार्फत आवास सेवामा विशेष संस्थागत छुट प्राप्त गर्न सकिनेछ भने खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।