News Portal

  • एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो हस्पिटलमा १५ प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०८२
    २२ पटक
    १९ भदौ, २०८२

    काठमाडौं । एनआईसी एशिया बैंक र धनगढी, कैलालीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच विशेष छुट सुविधा उपलब्ध गराउने समझदारी सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सो हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यस बैंकका ग्राहकले विभिन्न सेवा लिँदा छुट सुविधा उपयोग गर्न सक्नेछन् । छुट पाउनका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

    बैंकले यो सहकार्यले स्वास्थ्य उपचारमा सहजता दिलाउने र देशमा डिजिटल भुक्तानी प्रवर्द्धन गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्