News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन

    आर्थीकसंसार संवाददाता२३ पौष, २०७७
    १०६० पटक
    २३ पौष, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो ।
    नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
    अध्यक्ष शर्मा नेपाल सरकार अर्थमन्त्रालयका सहसचिव हुन् । शर्मा यसअघि नै नेपाल सरकार अर्थमन्त्रालयबाट बैंकको सञ्चालकको रुपमा नियुक्त भई कार्यरत थिए ।
    शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्