News Portal

  • महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको अवार्डबाट सम्मानित

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०८२
    ५२ पटक
    १५ भदौ, २०८२

    काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकाता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पत्ति गुणस्तर’ श्रेणीअन्तर्गत अवार्ड प्राप्त गरेको हो ।

    अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इमर्जिङ्ग एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स’ कार्यक्रममा बैंकलाई सम्मान गरिएको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित मानिने यस बैंकिङ कन्क्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागिता थियो ।

    बैंकले सम्पत्ति संरचना, सम्पत्तिको प्रभावकारी परिचालन तथा गुणस्तर सुधारमा उल्लेखनीय योगदान गरेबापत अवार्ड प्राप्त गरेको हो । यस उपलब्धिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान अझ मजबुत हुने विश्वास लिइएको छ ।

    हालै महालक्ष्मी विकास बैंकले भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकसँग सीमा–पार वित्तीय सेवा प्रवर्द्धन तथा भुक्तानी प्रणाली सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । सो समझदारी अन्तर्गत बैंकले ग्राहकलाई भारतबाट नेपालमा प्रत्यक्ष भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराइसकेको छ ।

    प्रतिकृया दिनुहोस्