आर्थीकसंसार संवाददाता१५ भदौ, २०८२

काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगमा उत्साहित गर्न बससेवासँग सहकार्य गर्दै आकर्षक क्यासब्याक योजना ल्याएको छ ।
यस अन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट टिकट खरिद गर्दा ग्राहकले नेपालभित्रको टिकटमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म र भारतको टिकटमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् ।
यो योजना २०८२ भदौ १५ देखि २०८२ फागुन १४ गतेसम्म लागू रहने बैंकले जनाएको छ ।
सानिमा बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ । हाल बैंकका सातै प्रदेशमा १३४ वटा शाखा र १२७ वटा एटीएम सञ्चालित छन् ।