News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०८२
    २१२ पटक
    १२ भदौ, २०८२

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी बलराम श्रेष्ठको स्वामित्वमा रहेको ६४ हजार कित्ता र संस्थापक शेयरधनी विश्व प्रकाश गुरुङको स्वामित्वमा रहेको २५ हजार ७५९ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

    बै.कले यसअघि विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिने सूचना जारी गरी बिक्री गरेको सो शेयर यस समयभित्र बिक्री नभएपछि अहिले सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

    सो शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    प्रतिकृया दिनुहोस्