News Portal

  • ज्योति लाइफको ज्योति ईजी पे जीवन बीमा योजना

    आर्थीकसंसार संवाददाता२२ पौष, २०७७
    १६९७ पटक
    २२ पौष, २०७७

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ज्योति ईजी पे जीवन बीमा योजना बजारमा ल्याएको छ । प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै प्रथम बीमाशुल्कपछि कम मात्र बीमाशुल्कमा यस योजनाले पूर्ण जोखिम बहन गर्नुको साथै राम्रो प्रतिफल पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
    प्रत्येक वर्ष ठुलो बीमाशुल्क बुझाउनु पर्ने अवस्थाबाट मुक्त पार्दै तयार पारिएको यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५५ रकम दोस्रो वर्ष देखीको नवीकरण बीमाशुल्कमा मिलान गरी कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यवस्था गरिएको छ । कम्पनीको उच्च पदाधिकारीहरुको उपस्थितिमा सञ्चालक समितिले उक्त योजनाको उद्घाटन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्