News Portal

  • प्रभु बैंकका ग्राहकले अन्नपूर्ण न्यूरो हस्पिटलमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता२९ साउन, २०८२
    १८९ पटक
    २९ साउन, २०८२

    काठमाडौं । काठमाडौं महानगरपालिका, वाड नं ११, बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५% छुट पाउने भएका छन । सो छुट सेवासुविधा अन्नपूर्ण न्यूरो हस्पिटलमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारको संयुक्त हस्ताक्षर गरे ।

    त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

    प्रतिकृया दिनुहोस्