News Portal

  • एनआईसी एशियाको नाफा ३ अर्ब १२ करोड

    आर्थीकसंसार संवाददाता३० साउन, २०७७
    ५५० पटक
    ३० साउन, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ३ अर्ब १२ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले अघिल्लो वर्ष २०७५/७६ को सोही अवधिको खुद मुनाफा रू. ३ अर्ब २ करोड खुद आम्दानी गरेको थियो ।
    बैंकले गत आर्थिक वर्षमा प्रति शेयर आम्दानी रू. ३२.१२ आर्जन गर्न सफल भएको छ । बैंकको स्वपुँजीमा प्रतिफल १९.४१ प्रतिशत रहेको छ र जुन समग्र वाणिज्य बैंकहरूमध्येकै सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।
    बैंकको आ.व. २०७६/७७ मा कुल कर्जामा बजार अंश ६.५० प्रतिशत रहेको छ भने चौथो त्रैमाससम्ममा कर्जातर्फ रू. २३ अर्बले बृद्धि गरी कुल कर्जा रकम रू. १७४ अर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.५९ प्रतिशत रहेको छ । समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा ११.७० प्रतिशत (करिब रू. ३०३ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात)ले कर्जा वृद्धि भएकोमा यस बैंकले १६ प्रतिशत (रू. २३ अर्ब)ले कर्जा वृद्धि गर्न सफल भएको छ ।
    जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिमध्ये सबैभन्दा उच्च वृद्धि हो । साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने चौथो त्रैमाससम्ममा रू. ३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २११ अर्ब पु¥याउन बैंक सफल भएको छ । जुन वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल बृद्धिको ७.९६ प्रतिशत रहेको छ । साथै समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६.५ प्रतिशत (करिब रू.४७७ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यस बैंकले २२.५० प्रतिशत (रू.३८ अर्ब)ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ ।
    बैंकले आफ्नो रणनीतिअनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ । सोही रणनीतिअनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६.०८ प्रतिशत कर्जा यस्ता साना रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ ।
    बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणामस्वरूप बैंकको प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ । गत आर्थिक वर्षमा बैंकले चल्ती तथा बचत निक्षेपतर्फ रू. २२.१२ अर्बले वृद्धि गरी ऋब्क्ब् मिश्रणको प्रतिशत ४५.१७ पु¥याउन सफल भएको छ जुन समग्र वाणिज्य बैंकहरूको औषत करिब ४२ प्रतिशतको तुलनामा ३.१७ प्रतिशत विन्दुले बढी हो । बैंकले निक्षेपतर्फ पनि साना साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरी अगाडि बढिरहेको छ । जसको परिणामस्वरूप प्रमुख १० निक्षेककर्ताहरूको बैंकको कुल निक्षेपमा रहेको अंश केबल १० प्रतिशत मात्रै रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ ।
    त्यस्तैगरी बैंकको कल निक्षेपको अंश हाल कुल निक्षेपको ९.६ प्रतिशत कायम गर्न सफल भएको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये एक हो ।
    यस बैंकको आफ्नो दीर्घकालीन रणनीतिअनुरूप ग्राहक संख्यामा विस्तार गर्ने र डिजिटल फस्ट बैंक बन्ने लक्ष्यलाई मूर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो । गत आर्थिक वर्षमा बैंकले डिजिटल बैंकिङ्गतर्फ पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस बैंकले आ.व. २०७६/७७ मा डेबिट कार्डमा २ लाख ३७ हजारले प्रयोगकर्तामा वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब ३९ प्रतिशत सहित कुल ८ लाख ६६ हजार पु¥याउन सफल भएको छ । साथै मोबाइल बैंकिङ्गमा ३ लाख १४ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १२ प्रतिशत सहित कुल १२ लाख १ हजार पु¥याउन सफल भएको छ ।
    त्यसैगरी इन्टरनेट बैंकिङ्गतर्फ १२ हजारको वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १४ प्रतिशतसहित कुल १ लाख १२ हजार प्रयोगकर्ताहरू पु¥याउन बैंक सफल भएको छ । साथै बैंकले १५ हजार भन्दा बढी क्यूआर मर्चेन्ट र करिब ४ हजार पीओएस मर्चेन्टमार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
    बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
    उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्