News Portal

  • सिटिजन्स बैंकले तिनाउ बैंकलाई प्राप्ति गर्ने

    आर्थीकसंसार संवाददाता२२ पौष, २०७७
    ५०४ पटक
    २२ पौष, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसनलाई प्राप्ति गर्ने गरी आज अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
    सिटिजन्स बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमकाबीच बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंकका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    दुवै बैंकले आ–आफ्नो विशेष साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गरिनेछ । दुवै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक सम्झदारीमा हस्ताक्षर गरेको थियो ।
    २०७७ साल पौष २२ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १२४ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०२ अर्ब रुपैयाँ पुग्नेछ ।
    प्राप्तिपश्चात बैंकको कुल १६३ शाखा हुनेछ । सहमतिअनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता सेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

    प्रतिकृया दिनुहोस्