News Portal

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशन हुने

    आर्थीकसंसार संवाददाता२१ पौष, २०७७
    ९३२ पटक
    २१ पौष, २०७७

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजी बजारको इतिहासमै सबैभन्दा ठूलोे ८ अर्व, बराबरको सार्वजनिक निष्काशन यही आउँदो माघ २, २०७७ देखि माघ ६ गतेसम्म ल्याउन गइरहेको छ ।
    यस निष्काशनका लागि यसअघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेकाले यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुन गईरहेको छ । जम्मा २० अर्व चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भइसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ ।


    हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशनका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।
    नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना बैंक तथा वित्तीय संस्था, जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।

    प्रतिकृया दिनुहोस्