News Portal

  • हिमालयन बैंकद्वारा मदन भण्डारी स्मृति बाटिकालाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२१ पौष, २०७७
    १०६३ पटक
    २१ पौष, २०७७

    काठमाडौं । हिमालयन बैंकले मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
    हिमालयन बैंकले उपत्यका वातावरण विकास तथा संरक्षणका लागि विभिन्न कार्य गर्दै अएको मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको हो ।
    सुविधानगर, कोटेश्वरमा रहेको यस संस्थालाई बंैकले विभिन्न रुख–विरुवा खरिद गर्नका साथै उक्त बाटिकाको संरक्षण तथा सरसफाईका लागि सो रकम उपलब्ध गराएको हो ।

    प्रतिकृया दिनुहोस्