News Portal

  • एनआईसीको सूर्यविनायक नगरपालिकामा ९३औं काउण्टर विस्तार

    आर्थीकसंसार संवाददाता२० पौष, २०७७
    ९९८ पटक
    २० पौष, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ९३औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ ।
    सो सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले संयुक्त रुपमा गरे ।
    समुद्घाटन कार्यक्रममा बोल्दै समारोहका प्रमुख अतिथि पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एनआईसी बैंकसँगको साझेदारीले ई–बैंकिङ्गजस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउने र देशको अर्थतन्त्रलाई सुदृढीकरण गर्नका थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्