News Portal

  • नेपाल बैंकद्वारा सडक दुर्घटनामा निधन भएका शिक्षकका परिवारलाई बीमा दाबी रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता३१ असार, २०८२
    ९ पटक
    ३१ असार, २०८२

    काठमाडौं । नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा निधन भएका मकवानपुरका एक शिक्षकका परिवारलाई बीमा दाबी रकमस्वरूप ५ लाख प्रदान गरेको छ ।

    मकवानपुरको थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माविमा कार्यरत शिक्षक रघुनन्दन यादवको गत असार १२ गते थाहा नगरपालिका–३ मा सवारी दुर्घटनामा परि निधन भएको थियो । उनी नेपाल बैंक लिमिटेड, पालुङ शाखाका कर्मचारी तलब खाता ग्राहकसमेत थिए ।

    बैंकको कर्मचारी तलब खाता योजनाअन्तर्गत खाता खोलेको एक वर्षभित्र ग्राहकको निधन भएमा अधिकतम रु। ५ लाखसम्मको दुर्घटना बीमा उपलब्ध हुने सुविधा अनुरूप यादवको परिवारलाई उक्त बीमा रकम भुक्तानी गरिएको हो ।

    बैंकले असार २२ गते आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे । उनले बीमा दाबी रकमको चेक यादवकी पत्नी अमिरा कुमारी यादवलाई हस्तान्तरण गरे ।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले भने, ‘नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षालाई उच्च प्राथमिकता दिँदै आएको छ र भविष्यमा पनि उत्कृष्ट सेवा तथा सुरक्षालाई निरन्तरता दिइनेछ ।’

    श्रीमती अमिरा कुमारी यादवले दुःखको समयमा बैंकबाट बिना कुनै झन्झट पाएको आर्थिक सहयोगले परिवारको गुजारा गर्न सहज भएको महसुस गरेको प्रतिक्रिया दिइन् ।

    प्रतिकृया दिनुहोस्