आर्थीकसंसार संवाददाता२५ असार, २०८२

काठमाडौं । प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा बन्द भएको छ । हालैको प्राकृतिक विपत्तिका कारण रसुवास्थित टिमुरे शाखा बुधबार सञ्चालनमा आउन नसकेको बैंकले जनाएकाे छ ।
बैंकले सेवाग्राहीहरूलाई असुविधा नहोस् भन्नका लागि नजिकैका अन्य शाखाहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ । साथै, सबै शाखाको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ ।
यस असुविधाप्रति सानिमा बैंकले ग्राहकहरूसमक्ष क्षमा मागेको छ ।