News Portal

  • मुक्तिनाथ विकास बैंक १४ वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता१९ पौष, २०७७
    १०६८ पटक
    १९ पौष, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्जा र तनहुँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्जा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी १ करोड ३० लाख चुक्ता प्ुँजीमा बैंक सञ्चालनमा आएको थियो ।
    बैंक स्थापनाको दिन पारेर यस विकास बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ । यस अवसरमा बैंकले विभिन्न स्थानमा रहेका ६ अनाथलय तथा बृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, एम्बुलेन्स मर्मतसम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका–१, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटीबाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैंचा निर्माणमा सहयोग गरेको छ । साथै बैंकले यसै उपलक्ष्यमा कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेविट कार्ड नियर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले पिओएस टरमिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको नियमअनुसार नै २ हजारसम्मको भुक्तानीलाई बिना पिन कन्ट्याक्टलेस कार्डमार्फत पिओएस टरमिनलमार्फत भुक्तानी गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्